६ श्रावण २०८३, बुधबार | July 22, 2026

अख्तियार बुटवलमा १३ सय ३७ उजुरी, सबैभन्दा बढी अनियमितता स्थानीय तहमा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा आर्थिक वर्ष २०७६/७७ मा १३ सय ३७ उजुरी परेकोमा ९ सय ४२ वटा मुद्दाक‍ मात्र फर्छ्यौट भएको छ ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अख्तियारले आव ७६/७७को प्रतिवेदन सार्वजनिक गर्दै परेको उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको उजुरी परेको  बताएको छ ।

अख्तियारमा परेको उजुरी मध्य सबैभन्दा  बढि उजुरी रूपन्देहीको परेको छ भने रूकुम पूर्व सबैभन्दा कम उजुरी परेको छ । सबैभन्दा बढि उजुरी भने स्थानीय तहमै परेको अख्तियार बुवलका प्रमुख डा. भिष्मकुमार भूसालले जानकारी दिए

गैरकानुनी लाभ लिने ३ जना उपसचिव, १२ जना अधिकृत , १३ जना नायव सुब्बा, ५ जना प्रधानाध्यापक, ३ जना निर्माण ब्यवसायीमाथि अख्तियारले कारवाही चलाएको छ ।

फर्छ्यौट भएका मध्ये ८६ विस्तृत अनुसन्धानमा परेका छन् भने २६६ मुद्ददामा अन्य कार्यालयलाई कारवाहिका लागि सुझाव  निर्देशन दिएको छ । १२३ मुद्दा एकिकरणमा परेकाछन् भने ४४४ मुद्दा तामेलीमा गएको छ ।

अख्तियारले २६ वटा स्ट्रिन्ज अपरेसनबाट ५६ लाख ४६ हजार ३ सय ५५ असुली गरेक‍ो अख्तियार बुटवलका प्रमुख भूसालले बताए ।

अख्तियारले स्ट्रिङ  अपरेसनबाट ३ जना वडा अध्यक्ष , सरकारी अधिकृत ७ जना, प्रधानाध्यापक २ जना, नायव सुब्बा ७ जना, खरिदार ९ जना, श्रेणी बिहिन ६ जना तथा अन्य ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ३ : ५४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको