६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अख्तियार बुटवलमा १३ सय ३७ उजुरी, सबैभन्दा बढी अनियमितता स्थानीय तहमा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा आर्थिक वर्ष २०७६/७७ मा १३ सय ३७ उजुरी परेकोमा ९ सय ४२ वटा मुद्दाक‍ मात्र फर्छ्यौट भएको छ ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अख्तियारले आव ७६/७७को प्रतिवेदन सार्वजनिक गर्दै परेको उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको उजुरी परेको  बताएको छ ।

अख्तियारमा परेको उजुरी मध्य सबैभन्दा  बढि उजुरी रूपन्देहीको परेको छ भने रूकुम पूर्व सबैभन्दा कम उजुरी परेको छ । सबैभन्दा बढि उजुरी भने स्थानीय तहमै परेको अख्तियार बुवलका प्रमुख डा. भिष्मकुमार भूसालले जानकारी दिए

गैरकानुनी लाभ लिने ३ जना उपसचिव, १२ जना अधिकृत , १३ जना नायव सुब्बा, ५ जना प्रधानाध्यापक, ३ जना निर्माण ब्यवसायीमाथि अख्तियारले कारवाही चलाएको छ ।

फर्छ्यौट भएका मध्ये ८६ विस्तृत अनुसन्धानमा परेका छन् भने २६६ मुद्ददामा अन्य कार्यालयलाई कारवाहिका लागि सुझाव  निर्देशन दिएको छ । १२३ मुद्दा एकिकरणमा परेकाछन् भने ४४४ मुद्दा तामेलीमा गएको छ ।

अख्तियारले २६ वटा स्ट्रिन्ज अपरेसनबाट ५६ लाख ४६ हजार ३ सय ५५ असुली गरेक‍ो अख्तियार बुटवलका प्रमुख भूसालले बताए ।

अख्तियारले स्ट्रिङ  अपरेसनबाट ३ जना वडा अध्यक्ष , सरकारी अधिकृत ७ जना, प्रधानाध्यापक २ जना, नायव सुब्बा ७ जना, खरिदार ९ जना, श्रेणी बिहिन ६ जना तथा अन्य ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ३ : ५४ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा