२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

कोरा २०२० सम्पन्न



बुटवल । साईकल मार्फत पर्यटन पर्वदनको उदेश्यका साथ रुपन्देही जिल्ला साईक्लिङ संघको आय‍ोजनामा शनिबार कोरा २०२० भब्य सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका, रोटरी क्लब अफ बुटवल, भिमेश्वर एण्ड सगुन ग्रुप, लायन्स क्लब अफ युथ, बाईक स्टेसन ट्रेयाक, बुद्ध साईकल, सुरक्षित यात्रा नेपालको सहयोगमा कोरा २०२० साईक्लिङ च्यालेन्ज अन्तरगत ५० किलोमिटर साईक्लिङ भएको हो ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले उद्घाटन गर्दै विकासमा युवाहरु एक ठाउँ उभिनुपर्ने बताए ।

बुटवलबाट मावली हुँदै तिलोत्तमा र बुटवलका समेत धार्मिक पर्यटकिय स्थलहरुको परिक्रममा गरिएको संघका अध्यक्ष पुकार थापाले बताए । कार्यक्रम संयोजक अभिषेक भारीले कोरा पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार परिक्रममा गरिने बताए । बुटवल हाटबजारस्थित जिल्ला खेलकुद विकास समिति हाटबजारबाट गोलपार्क, महेन्द्र पार्क, चादबारी, शिवनगर, चरङे, भलुहि, शितलनगर, पाकरी वृक्ष, भवानीपुर, मणिग्राम, मंगलापुर, कुन्जपार्क हुँदै पुनः हाटबजारसम्मको ५० किलोमिटरको यात्रा करीब ५ घण्टामा सकिएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धिरन तुलाधर, सचिव अशोक राई, सहसचिव गगन रानाले सबैको साथ सहयोगमा हरेक वर्ष कार्यक्रम निरन्तरता दिएको बताए । यसैगरि जिल्ला साईक्लिङ संघले देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगरमा शुरु भएका विकासका काममा साईकलमैत्री पुर्वाधार बनाउन तथा कर्मचारीहरुबाट समेत साईकल प्रवद्घन गर्न सुझाव दिदै जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, कार्यक्रम संयोजक अभिषेक भारी, वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, कोषाध्यक्ष बिमल बस्नेतले उपमेयर गुरुङलाई पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागी सदस्य, सहयोगदाताहरुलाई समेत सम्मानपत्र दिईएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : २९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात