४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरा २०२० सम्पन्न



बुटवल । साईकल मार्फत पर्यटन पर्वदनको उदेश्यका साथ रुपन्देही जिल्ला साईक्लिङ संघको आय‍ोजनामा शनिबार कोरा २०२० भब्य सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका, रोटरी क्लब अफ बुटवल, भिमेश्वर एण्ड सगुन ग्रुप, लायन्स क्लब अफ युथ, बाईक स्टेसन ट्रेयाक, बुद्ध साईकल, सुरक्षित यात्रा नेपालको सहयोगमा कोरा २०२० साईक्लिङ च्यालेन्ज अन्तरगत ५० किलोमिटर साईक्लिङ भएको हो ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले उद्घाटन गर्दै विकासमा युवाहरु एक ठाउँ उभिनुपर्ने बताए ।

बुटवलबाट मावली हुँदै तिलोत्तमा र बुटवलका समेत धार्मिक पर्यटकिय स्थलहरुको परिक्रममा गरिएको संघका अध्यक्ष पुकार थापाले बताए । कार्यक्रम संयोजक अभिषेक भारीले कोरा पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार परिक्रममा गरिने बताए । बुटवल हाटबजारस्थित जिल्ला खेलकुद विकास समिति हाटबजारबाट गोलपार्क, महेन्द्र पार्क, चादबारी, शिवनगर, चरङे, भलुहि, शितलनगर, पाकरी वृक्ष, भवानीपुर, मणिग्राम, मंगलापुर, कुन्जपार्क हुँदै पुनः हाटबजारसम्मको ५० किलोमिटरको यात्रा करीब ५ घण्टामा सकिएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धिरन तुलाधर, सचिव अशोक राई, सहसचिव गगन रानाले सबैको साथ सहयोगमा हरेक वर्ष कार्यक्रम निरन्तरता दिएको बताए । यसैगरि जिल्ला साईक्लिङ संघले देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगरमा शुरु भएका विकासका काममा साईकलमैत्री पुर्वाधार बनाउन तथा कर्मचारीहरुबाट समेत साईकल प्रवद्घन गर्न सुझाव दिदै जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, कार्यक्रम संयोजक अभिषेक भारी, वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, कोषाध्यक्ष बिमल बस्नेतले उपमेयर गुरुङलाई पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागी सदस्य, सहयोगदाताहरुलाई समेत सम्मानपत्र दिईएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको