१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

लकडाउनले बेरोजगार बनेका खेलाडीलाई एन्फाको राहत



नेपालगञ्ज । लकडाउनका कारण बेरोजगार जस्तै बनेका बाँकेका खेलाडीहरुलाई अखिल नेपाल फुठटवल संघ –एन्फा)ले राहत पठाएको छ । एन्फाले पठाएको राहतमा केहि थपेर बाँके जिल्ला फुटबल संघले जिल्लाका खेलाडीलाई राहत वितरण गरेको हो ।

कोभिड–१९ को कारण समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । एन्फाले राहत स्वरुप पठाएको ७५ हजार रकमलाई बाँके जिल्ला फुटबल संघले समस्याको पहिचान गरि ४३ जना खेलाडीलाई एक हजार सात सय ४५ रुपैयाका दरले राहत वितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई राहत वितरण गरिएको थियो ।

प्रदेश ५ सभाका प्रदेशसभा सदस्य एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाहरुको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।

खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, जिल्लाका पदाधिकारीहरु गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतले राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ५४ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,