५ पुस २०८२, शनिबार | December 20, 2025

लकडाउनले बेरोजगार बनेका खेलाडीलाई एन्फाको राहत



नेपालगञ्ज । लकडाउनका कारण बेरोजगार जस्तै बनेका बाँकेका खेलाडीहरुलाई अखिल नेपाल फुठटवल संघ –एन्फा)ले राहत पठाएको छ । एन्फाले पठाएको राहतमा केहि थपेर बाँके जिल्ला फुटबल संघले जिल्लाका खेलाडीलाई राहत वितरण गरेको हो ।

कोभिड–१९ को कारण समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । एन्फाले राहत स्वरुप पठाएको ७५ हजार रकमलाई बाँके जिल्ला फुटबल संघले समस्याको पहिचान गरि ४३ जना खेलाडीलाई एक हजार सात सय ४५ रुपैयाका दरले राहत वितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई राहत वितरण गरिएको थियो ।

प्रदेश ५ सभाका प्रदेशसभा सदस्य एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाहरुको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।

खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, जिल्लाका पदाधिकारीहरु गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतले राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता