१४ आश्विन २०८०, आइतबार | October 1, 2023

रञ्जन कोइराला रिहा गर्ने फैसला विरुद्धको पुनरावलोकन मुद्दा सर्वोच्चका तीन न्यायाधीसको बेञ्चमा



काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताले गरेको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ ।

आम रुपमा सबैतिरबाट चासोका साथ हेरिएको पुनरावलोकन मुद्दामाथि सर्वोच्च अदालतका तीन जना न्यायाधीसले सुनुवाई गर्दैछन् ।

पुनरावलोकन मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला चित्त नबुझेपछि महान्यायाधिवक्ता कार्यालयलले पुनरावलोकन दर्ता गराएको थियो ।

सर्वोच्च अदालतले गरेको फैसला पूर्व नजिर विपरित रहेको महान्यायाधिवक्ता कार्यालयले ठहर गरेको थियो ।

सो फैसलाले पूर्वडीआईजी रञ्जन कोइरालाको सजायँ आधा कटौती गर्ने निर्णय गरेको थियो ।

फैसला बमोजिम गत बिहीबार कोइराला डिल्लीबजार कारागारबाट रिहा भैसकेका छन् ।

२०६८ साल पुषमा आफ्नी पत्नी हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतलले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर प्रधानन्यायाधीस जबरा र केसीले सजायँ आधा घटाउने फैसला गरेपछि त्यसको सवत्र्र निन्दा भएको थियो । फैसलामा संलग्न प्रधानन्यायाधीस र न्यायाधीसमाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : ३४ बजे

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी