२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

रञ्जन कोइराला रिहा गर्ने फैसला विरुद्धको पुनरावलोकन मुद्दा सर्वोच्चका तीन न्यायाधीसको बेञ्चमा



काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताले गरेको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ ।

आम रुपमा सबैतिरबाट चासोका साथ हेरिएको पुनरावलोकन मुद्दामाथि सर्वोच्च अदालतका तीन जना न्यायाधीसले सुनुवाई गर्दैछन् ।

पुनरावलोकन मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला चित्त नबुझेपछि महान्यायाधिवक्ता कार्यालयलले पुनरावलोकन दर्ता गराएको थियो ।

सर्वोच्च अदालतले गरेको फैसला पूर्व नजिर विपरित रहेको महान्यायाधिवक्ता कार्यालयले ठहर गरेको थियो ।

सो फैसलाले पूर्वडीआईजी रञ्जन कोइरालाको सजायँ आधा कटौती गर्ने निर्णय गरेको थियो ।

फैसला बमोजिम गत बिहीबार कोइराला डिल्लीबजार कारागारबाट रिहा भैसकेका छन् ।

२०६८ साल पुषमा आफ्नी पत्नी हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतलले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर प्रधानन्यायाधीस जबरा र केसीले सजायँ आधा घटाउने फैसला गरेपछि त्यसको सवत्र्र निन्दा भएको थियो । फैसलामा संलग्न प्रधानन्यायाधीस र न्यायाधीसमाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : ३४ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ