२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

एक्सपर्ट फाउण्डेशनको रक्तदान सम्पन्न



बुटवल । एक्सपर्ट फाउण्डेशन रुपन्देही शाखाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ का कारण हुन सक्ने रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यले फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र बुटवल र लायन्स मणिग्रामको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको एक्सपर्ट फाउण्डेशन नेपालका अध्यक्ष रोशन कंडेलले जानाकारी दिए । फाउण्डेशनले नेपालका आफ्ना २१ शाखाहरु बाट स्थानिय रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गर्ने कार्यक्रम अनुसार बुटवलमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

फाउण्डेशनले यस अघि नेपालभर विभिन्न शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । फाउण्डेशनले भुकम्पको समयमा सिन्धुपाल्चोकको चेलाङ माध्यमिक विद्यालयमा १० लाख बराबरको भवन निर्माण, नुवाकोटमा ७ लाख ५० हजार राहत वितरण गरेको थियो ।

त्यस्तै गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि गोरखामा १ लाख, महाविर पुनलाई १ लाख, क्रिकेट विकासका लागि १ लाख ५० हजार, बाढि पिडितलाई ५ लाख ७५ हजार सहयोग गरेको थियो । त्यस्तै एक्सपर्टले कोरोनाका कारण अप्ठयारोमा परेका विद्यार्थीहरुलाई २ लाख ३२ हजार अष्टेलियन डलर अथार्त १ करोड ८५ लाख बरारबको खाद्यान्य वितरण गरेको थियो ।

फाउण्डेशन एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको भातृ संगठन हो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात