८ बैशाख २०८३, मंगलबार | April 22, 2026

साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने



काठमाडौं । साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए ।

उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो ।

विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए ।

अन्य सबै क्षेत्र खुला भए पनि वैदिक सनातन धर्मावलम्बीले साउन महिनामा आस्थाका साथ पूजा आराधना गर्ने देशभरका शिवालय बन्द गरिएकामा ती संस्थाको आपत्ति थियो ।

पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डन यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताउँछन् ।

भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला भक्तजन आफैँ सतर्क भएर केही दिन मन्दिर नजाने क्रम विगतमा हुन्थ्यो । यसपटक चैत ११ गतेदेखि सरकारले निषेधाज्ञा नै जारी गरेर नजान आह्वान गरेको छ ।

कोरोनाले रौद्र रूप लिए नेपालको अवस्थाले थेग्न नसक्ने भएकाले केही समयका लागि मन्दिर बन्द गर्नु नै उपयुक्त हुने उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति