२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना भाइरसका कारण बाराका एक पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु



कोरोना भाइरसको संक्रमणबाट आज फेरि अर्का एक व्यक्तिको निधन भएको छ ।

बाराको फेटा गाउँपालिका वडा नं. ३ निवासी ७७ वर्षीय वृद्धको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो ।

उनी निमोनिया, मस्तिष्कघात र मृगौलाका रोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यसअघि, आइतबार बिहान वीरगन्ज महानगरपालिका वडा नं. १० बस्ने भारतीय नागरिकको मृत्यु भएको थियो ।

यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरु र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए ।

आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको थियो ।

यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष