२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

उर्वरद्वारा नियमित रक्तदान कार्यक्रम आयोजना



बुटवल । उर्वर बचत तथा ऋण सहकारी संस्था लि. बुटवल रुपन्देहीको आयोजनामा मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ दर्जनले रक्तदान गरेका छन् ।

हरेक वर्ष साउन १३ गते संस्थाले नियमित रक्तदान कार्यक्रमको आयोजना गर्ने र सहकारीका सदस्यहरुलाई रक्तदान गर्न प्रेरित गर्ने अध्यक्ष नमराज सुवेदीले बताए ।
अध्यक्ष नमराज सुवेदीको अध्यक्षता तथा सचिव उमेश कुंवरको संचालनमा भएको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष शालिकराम बन्जाडेले नियमित रक्तदानले सहकारीका सदस्यहरुलाई मात्र नभएर अन्य व्यक्तिलाई समेत सहज हुने बताए ।

रक्तसंचार केन्द्रका राधा शर्माले सहकारी संस्थाहरुले गरेका नियमित रक्तदानले रगतको अभाव पूर्ति गर्न सहज भएको विचार व्यक्त गरे । उनले हरेक स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्ने सन्देश सबैले समाजमा पुराउनुपर्ने बताए ।

सहकारीका कोरोना भाइरसको महामारीमा रगत अभावका कारण कुनै व्यक्तिलाई समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण भुसालले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात