७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा, सुदूरपश्चिम र पूर्वी तराईमा बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज विहान ६ बजेको रेकर्ड अनुसार दैलेख, सुर्खेत र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा भएको छ ।

लोहोरे खोला तल्लोढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो अवस्थामा रहेको छ ।

तसर्थ सुर्खेत, दैलेख र आसपास भई बहने साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले चेतावनी जारी गरेको छ ।

यसअघि आज विहान ५ बजेको रेकर्ड अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम देखि भारी बर्षा भएको छ भने अन्य भुू–भागका केहि स्थानहरुमा हल्का देखी मध्यम वर्षा भएको विभागले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज