४ पुस २०८२, शुक्रबार | December 19, 2025

खेलकुद परिषदका उपाध्यक्ष र सदस्य–सचिवले गरे पदबहाली, बाँकी रहेका अधुरो काम पुरा गर्ने सदस्य-सचिव सिलवालको प्रतिबद्धता



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पदबहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा पद्वहाली गरेका हुन् ।

काईराला र सिलवाल दुबैलाई गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले नियुक्त गरेको थियो ।

पदबहाली गर्नुअघि दुवैले आजै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ ग्रहणअघि खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दुवैलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

सपथ ग्रहण कायक्रममा बोल्दै मन्त्री विश्वकर्माले नव नियुक्त उपाध्यक्ष र सदस्य सचिवको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गरे । उनले खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको बताए ।

उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नु पर्ने आवश्यकता औल्याए ।
सदस्य–सचिव सिलवालले गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताए । पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र परिणाममा बढी जोड दिनु पर्ने सचिव थपलियाको भनाई छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : १० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज