१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाघको तस्बिर अनावरण गरेर विश्व बाघ दिवस मनाइयो



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बुधबार बाघको तस्बिर अनावरण गरेर विश्व बाघ दिवस मनाएको छ ।

निकुञ्ज प्रवेशद्वारमा राखिएको बाघको होर्डिङ बोर्डको तस्बिरको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति राजु बस्नेतले संयुक्तरुपमा अनावरण गरेका थिए । तस्बिर अनावरण गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले विगतका वर्षजस्तो कोरोना भाइरस महामारीका कारण कार्यक्रम सञ्चालन गर्न नसकिए पनि बाघको सन्देश फैलाउने खालका चित्र, लेख, समाचार समाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरी बाघ संरक्षणमा टेवा पुर्‍याउन आग्रह गरेका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले कोभिडको असहज परिस्थितिका कारण विगतका वर्ष जस्तो बाघ संरक्षणको सन्देश फैलाउने ठूला कार्यक्रम आयोजना नगरिए पनि निकुञ्जका नौ उपभोक्ता समितिका अध्यक्ष, कर्मचारी, नेपाली सेनाबीच बाघ संरक्षणसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम भएको जानकारी गराए ।

निकुञ्जमा सन् २०१८ को गणनाअनुसार १६ वयस्क बाघ संरक्षित रहेका छन् । सन् २०१७ मा निकुञ्जमा गणनाका क्रममा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए । निकुञ्जमा बाघको बासस्थानमा सुधार, घाँसेमैदान व्यवस्थापन, ताल संरक्षण र आहारा प्रजाति सन्तोषजनक रुपमा रहेकाले बाघको सङ्ख्या स्थिर रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पाड्यालले बताए ।

प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा गरेको बाघ सर्वेक्षमा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा पाटेबाघ सूचीकृत छ ।

सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको कार्य गरिँदै आएको छ । सन् १९९९ देखि निरन्तररुपमा प्रत्येक वर्ष बाघ गणना हुँदै आएको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : ०६ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ