२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित



सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु-याएपछि चिन्तित छन् ।

बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु-याएको किसानको जिकिर छ ।

भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताए । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले गनासो गरे “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।”

सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भने।

स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पु¥याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।

मन्त्री आफै खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए ।

प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु-याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु-याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन ।

एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पु-याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पु-याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : २२ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु