५ पुस २०८२, शनिबार | December 20, 2025

पाटन अस्पतालमा ६५ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणको मृत्युदर निरन्तर बढ्दो क्रममा गएको छ । शुक्रबार दिउँसो फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

६५ वर्षीया ती महिला कोरोना संक्रमण पुष्टि भएसँगै गत साउन ६ गते अस्पताल भर्ना भएकी थिइन । मृतक महिलामा उच्च रक्तचाप, छातीको इन्फेक्सन र निमोनिया रहेको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । ती महिला वीरगन्जबाट केही समयअघि काठमाडौं आएकी थिइन ।

सुरुमा स्टार अस्पतालमा स्वास्थ्य चेक जाँच गराउन एकी उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि उनलाई पाटन अस्पताल सारिएको थियो । उनका परिवारका सदस्यहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको