५ पुस २०८२, शनिबार | December 20, 2025

उपसचिव प्रेम सञ्जेललाई कार्यकक्षमै चड्काए उनकै कर्मचारीले



विराटनगर । सरकारकै गतिविधि विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई कर्मचारीहरुले कार्यकक्षमै कुटपिट गरेका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख रहेका सञ्जेललाई शनिबार बिहान ११बजेतिर दुई कर्मचारीले कुटपिट गरेका हुन् । सञ्जेलले काममा अत्याधिक पेलेको आरोप ती कर्मचारीले लगाएका छन् ।

करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।

उनीहरुले पञ्चिङ मेशिनले सञ्जेललाई हानेको प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा सामान्य चोट लागेको छ ।

सञ्जेल सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार विरुद्ध खरो रुपमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ३ : २७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता