१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न



कोभिड –१९ अर्थात कोरोना त्रासका बाबजुुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ ।

जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो ।

कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो ।

यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिए ।

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रुपमा बाबुुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुुदायलाई सहयोग पुु¥याउनुपर्ने बताए ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षता सम्पन समेलनमा एनआरएनए आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ र सम्मेलनको संयोजक तथा एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दीपक केसीले सम्मेलनको मन्तव्य राखेका थिए ।

एनआरएनए जापानमा हाल नौ वटा क्षेत्रीय समिति तथा एक तदर्थ समिति रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ४८ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय