२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीन वर्षपछि उद्धार



चितवन । ३ वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो ३ बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैँडालाई छाडिएको हो ।

अन्दाजी १२ वर्षको पोथी गैँडालाई ३ वटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिए । २७ साउन २०७४ मा आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पुर्‍याएको थियो । सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताए ।

यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको रुपाखेतीले बताए । नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिए ।

बाढीले बगाएर भारत पुर्‍याएका अरू केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडासहितका जनावरहरु बगेका थिए । रासस

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : १२ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले