२८ असार २०८२, शनिबार | July 12, 2025

रुकुममा सर्पदंसको जोखिम बढ्यो, अस्पतालमा ‘एन्टीस्न्याक भेनम’ छैन



रुकुम । देशैभर कोरोना कहरले महामारीको रुप लिँदै गर्दा रुकुम पश्चिममा भने सर्प दंसको उपचार नपाएर स्थानीय समस्यामा परेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक अस्पतालमा सर्पले डसेका विरामीहरुका लागी आवाश्यक पर्ने एन्टीस्नेक भेनमको अभाव भएपछि सर्पले दसेर अस्पताल पुगेका बिरामी समस्यामा परेका हुन् ।

वार्षिक रुपमा २० देखि ३० जना सर्पले डसेका बिरामी आउने चौरजहारी अस्पतालमा एन्टीस्नेक भेनमको अभाव भएपछि अस्पतालले विरामीहरुलाई नेपालगञ्ज लगाएतका अस्पतालहरुमा रेफर गर्न बाध्य बनेको छ ।

सामान्यतया पहाडी र उच्च पहाडी भूभागमा बिषालु सर्प नपाईने बताईए पनि समथर भूभाग रहेको पश्चिम रुकुममा भने विषालु सर्पहरु पाईने गरेको छ ।

वर्षमा ३० बढी बिषालु सर्पदंशका बिरामी आउने गरेपनि सरकारले रुकुमलाई विषालु सर्प नपाईने जिल्लाको सुचीमा राखेको छ ।

सर्पदंशको जोखिम नभएको भन्दै स्वास्थ्य विभागले एन्टिस्नेक भेनमको कोटेसन नगर्दा यस क्षेत्रमा रहेका सर्प दंशका बिरामीहरुको ज्यान उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार विश्व र नेपालमा पाईने १० प्रजातिका विषालु सर्प किंग कोव्रा, गोमण,सानो कालो करेत,लक्ष्मी सर्प,बैरी करेत, हिमाली करेत,कर्कट सर्प,सेतो कालो चुरे सर्प,छिर्विरे सर्प र हरियो सर्पहरु रुकुम पश्चिममा देखिँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ३० बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन