६ बैशाख २०८३, आइतबार | April 20, 2026

रुकुममा सर्पदंसको जोखिम बढ्यो, अस्पतालमा ‘एन्टीस्न्याक भेनम’ छैन



रुकुम । देशैभर कोरोना कहरले महामारीको रुप लिँदै गर्दा रुकुम पश्चिममा भने सर्प दंसको उपचार नपाएर स्थानीय समस्यामा परेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक अस्पतालमा सर्पले डसेका विरामीहरुका लागी आवाश्यक पर्ने एन्टीस्नेक भेनमको अभाव भएपछि सर्पले दसेर अस्पताल पुगेका बिरामी समस्यामा परेका हुन् ।

वार्षिक रुपमा २० देखि ३० जना सर्पले डसेका बिरामी आउने चौरजहारी अस्पतालमा एन्टीस्नेक भेनमको अभाव भएपछि अस्पतालले विरामीहरुलाई नेपालगञ्ज लगाएतका अस्पतालहरुमा रेफर गर्न बाध्य बनेको छ ।

सामान्यतया पहाडी र उच्च पहाडी भूभागमा बिषालु सर्प नपाईने बताईए पनि समथर भूभाग रहेको पश्चिम रुकुममा भने विषालु सर्पहरु पाईने गरेको छ ।

वर्षमा ३० बढी बिषालु सर्पदंशका बिरामी आउने गरेपनि सरकारले रुकुमलाई विषालु सर्प नपाईने जिल्लाको सुचीमा राखेको छ ।

सर्पदंशको जोखिम नभएको भन्दै स्वास्थ्य विभागले एन्टिस्नेक भेनमको कोटेसन नगर्दा यस क्षेत्रमा रहेका सर्प दंशका बिरामीहरुको ज्यान उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार विश्व र नेपालमा पाईने १० प्रजातिका विषालु सर्प किंग कोव्रा, गोमण,सानो कालो करेत,लक्ष्मी सर्प,बैरी करेत, हिमाली करेत,कर्कट सर्प,सेतो कालो चुरे सर्प,छिर्विरे सर्प र हरियो सर्पहरु रुकुम पश्चिममा देखिँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ३० बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय