१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

थपिए नेपालमा ३ आन्तरिक विमानस्थल, निर्माणाधिन विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधीन अवस्थामा रहेको गुल्मी, इलाम र ओखलढुंगाका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।

प्राधिकरणले ती विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेसँगै नेपालमा औपचारिकरुपमा ३ वटा विमानस्थल थपिएका छन् ।

प्राधिकरणका अनुसार गुल्मीको रेसुंगा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ ।

इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने छ । उता, ओखलढुंगामा निर्माण हसँदै गरेको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।

नेपालमा आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । ३ जिल्लाका विमानस्थलहरु थपिएसँगै नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ ।

नेपालमा अहिले एउटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने भैरहवामा अर्को अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै बाराको सिमरामा पनि सरकारले अन्तराष्ट्रिय बिमानस्थल बनाउने घोषणा गरिसकेको छ ।

प्राधिकरणसँग हाल (पोखरा, भैरहवा, नेपालगन्ज, विराटनगर) गरि चार वटा आन्तरिक हब विमानस्थल रहेका छन् ।

नेपालको आन्तरिकतर्फ २६ विमानस्थल संचालनमा छन् । १८ वटा विमानस्थल बिभिन्न कारणले केहि वर्ष सञ्चालनमा आएर हाल बन्द अवस्थामा छन् । थप हुँदै गरेका तीन वटै विमानस्थलको धुले मैदानमा प्राधिकरणले परीक्षण उडान गरिसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ३६ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला