५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु



विराटनगर । बुधबार मृत्यु भएका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विरानगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका एक व्यक्ति र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएका अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार राति अस्पताल भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषकाृ बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो । अस्पतालको आइसोलेसनमा रहेका उनको मृत्युभएको दुई घण्टापछि कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि विराटनगर ल्याउँदै गरेका रंगेली नगरपालिका ८ दर्बेसाका ४५ वर्षीय पुरुषको बिहान १० बजे बाटैमा मृत्यु भएको थियो । उनको कोरोना जस्तै लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो ।

दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

यससँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । देशभर मृतकको संख्या बढेर ६२ पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ०७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता