१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कोरोनाले दुब्लायो दुबई, विदेशी लगानीमा ७४ प्रतिशतले गिरावट



कोरोना भाइरसले दुबईलाई आर्थिक रुपमा दुब्लो बनाइदिएको छ ।

यो वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी अर्थात एफडीआईमा गत वर्षको यसै अवधीको तुलनामा ७४ प्रतिशतले गिरावट आएको छ ।

दुबईलाई पश्चिम एशियाको वित्तीय एवं व्यापारिक केन्द्र मानिन्छ ।

दुबई सरकारले सन् २०२०को पहिलो ६ महिना (३० जुन)सम्म १२ अर्ब दिरामको लगानी आएको थियो ।

सरकारले गतवर्षको तुलनात्मक तथ्यांक त भनेको छैन तर अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत वर्षको पहिलो ६ महिनामा दुबईमा ४६ अर्ब दिरामको लगानी भित्रिएको थियो ।

दुबई इन्भेष्टमेन्ट डेभलपमेन्ट एजेन्सी (दुबई एफडीआई)का प्रमुख कार्यकारी फहद अल–जरगावीले भनेका छन्, कोरोना भाइरसको महामारीका कारण पुरै सप्लाई चेन पुरै प्रभावित भएको छ ।’

उनका अनुसार सबै व्यापारिक गतिविधिमा प्रतिबन्ध लागेको छ । आम मानिसको हिँडडुल बन्द छ ।

फहद भन्छन्, ‘कोभिड १९ को चुनौती अझै पनि सकिएको छैन । तर हामी भविष्यमा राम्रो होला भन्ने आशावादी छौं ।’

कोरोना भाइरसको संक्रमण रोक्नका लागि दुबईमा पनि लकडाउन लगाइएको थियो । यसको असर अहिलेसम्म पनि सकिएको छैन।

संयुक्त अरब इमिरेट्समा अहिलेसम्म ६१ हजार ३५२ जना मानिस संक्रमित भएका छन् । ३५१ जनाको मृत्यु भएको छ ।

तर, यूएईले देशको कुन इमिरेट्स या क्षेत्रका यति धेरै मानिस संक्रमित भएका छन् या मृत्यु भएको छ भन्ने बारेमा भने केही बताएको छैन ।

यूएईं नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य हो । कोरोना भाइरसका कारण दुबईको अर्थव्यवस्था प्रभावित हुँदा त्यहाँ रहेका धेरै नेपाली युवालाई समस्या पर्ने देखिन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ०७ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना