२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने



पोखरा । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशका सबै ११ जिल्लामा २ सयको सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २ सयको हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए । निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । तीमध्ये २४ हजार ४ सय ७२ को नेगेटिभ रिपोर्ट आएको छ ।

गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३ सय ६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ सय १५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी क्वारेन्टिनमा १ हजार ११ रहेका छन् भने आइसोलेसनमा २ सय ११ छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २ सय ९१ र तेस्रो मुलुकबाट ५ हजार १ सय ४ जना आएको तथ्याङ्क छ ।

प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिने जिल्लामा कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका १ सङ्क्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष रहेका छन् ।

जनस्वास्थ्यको मापदण्डानुसार २ सय जनाभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ । मन्त्रालयका अनुसार २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २ सय जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोरबिजोर लागू नहुने बताए । रासस

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ५१ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद