२० बैशाख २०८१, बिहिबार | May 2, 2024

२०७८ जेठ २५ देखि असार ८ गतेम्म १२ औं राष्ट्रिय जनगणना गरिँदै



काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औं शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ ।

यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु सङ्कलन तथा अन्तक्र्रिया कार्यक्रम गरिएको बताए ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो ।

पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो ।

विसं २००९/११ को गणना (पाँचाँ) अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य रहेको थियो । विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो ।

विसं २०६८ को ११औं जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना सङ्घीय संरचनामा पहिलो जनगणना हुनेछ ।

जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, सामाजिक तथ्याङ्क महाशाखा, जनसङ्ख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ ।

यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले जानकारी दिए ।

विभागले विभिन्न नमूना जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।

गणनाको समयमा अक्सर बसोबास गर्ने स्थान, छ महिना वा सोभन्दा बढी बसोबास गर्ने वा बसोबास गर्ने मनसाय राखेका व्यक्ति, यस अवधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीँबाट गरिने निर्देशक लामिछानेले जानकारी दिए ।  -रासस

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ५ : ०९ बजे

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले