१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवल उपमहानगरले अमानवीय व्यवहार गरेको बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष हमालको आरोप



बुटवल । सडक मापदण्डभित्र भौतिक संरचना निर्माण गरी बनाएको संरचना हटाउन पटक पटक सुचना गर्दा पनि अटेर गर्ने उद्योग बणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले आफुमाथि बुटवल उपमहानगरपालिकाले अमानवीय ब्यवहार गरेको आरोप लगाएका छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले उपमहानगरले दादागिरी देखाएको र सामान्य मानवीयता समेत नदेखाएको गुनासो गरे ।

उनले उपहमानरपालिकाका मेयर शिवराज सुवेदी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल नगर अध्यक्ष बाबुराम पन्थीले सर्बोच्चमा आफुले दायर गरेको मुद्दा फिर्ता लिन दिएको समय समेत नकुरी बिहानै आफ्नो घरमाथि डोजर चलाएको आरोप लगाए ।

रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी र नेकपा नगर नेता बाबुराम पन्थीले आफुलाई मुद्दा फिर्ता लिन दवाब दिएको र आफुले बिहान १० बजे सम्ममा निर्णय दिने सहमति गरे पनि उनीहरुकै अगुवाईमा बिहान ६ बजे नै घर भत्काईएको अध्यक्ष हमालको भनाई छ ।

बुटवल उपमहानगरपालिकाले पटक पटक सडक विस्तारको क्रममा सडकको जग्गा खाली गर्न सुचना गरेपनि हमालको अगुवाईमा केहि घरधनीहरु उप महानगरको सुचनालाई अटेरी गर्दै अदालतमा मुद्दा हाल्न पुगेका थिए ।

सोमबार २४ घण्टाको सुचना जारी गरेको उपमहानगरले बुधबार बिहानै हमालसहित अटेरी गर्ने केहि घरधनीका घरहरु डोजर लगाएर भत्काएको थियो ।

तर, पत्रकार सम्मेलनमा हमालले आफुलाई सुचना नगरि नाबालक आफ्नो नाती सुतिरहेको कोठामा एक्कासी डोजरले घर भत्काउँदा नाबालक नाती बालबाल बचेको बताएका थिए ।

‘सुतिरहेको नातीको छेउमा डोजरले भत्काएको ईट्टा खस्यो, टाउकोमा लागेको भए के हुन्थ्यो ? ‘ उनले भने ।

उनले आफुसँग रहेको प्रमाणहरु (नगर पंचायतको नक्सा पास, लालपुर्जा, नामसारी, तिरो तिरेको रसिद) देखाउँदै आफुले सडक बिस्तामा अवरोध भन्दा पनि विकल्प र क्षतिपुर्ति खोजेको बताए ।

सडक विस्तारको आफु विरोधी नभएको बताउँदै हमालले नागरिकको जग्गा उपभोग गर्दा नागरिकको सरकारले नागरिकलाई अन्याय गर्न नहुने आफ्नो धारणा रहेको बताए ।

सर्वोच्च अदालतमा घर जग्गाको क्षतिपुर्ति वा विकल्प नहुँदासम्म घर नभत्काउ अन्तरिम आदेशको माग गरिए पनि अदालतले अन्तरिम आदेश नदिई दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

कोरोनाको कारण देखाउँदै अदालतमा बुधबार चढेको पेशी भाद्र महिना सम्मका लागि सरेको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : ४७ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०