१८ भदौ २०८३, बिहिबार | September 3, 2026

निषेधाज्ञा तोड्दै हुनुहुन्छ ? दिनभरी क्वारेन्टिन बस्न तयार हुनुहोस् !



नेपालगञ्ज । बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई केहिबेर क्वारेन्टिनमा राख्ने र जरिवाना गरी छाड्ने रणनीति तय गरेको छ ।

निषेधाज्ञालाई अटेर गरि पसल खोल्ने, रिक्सा चलाउने, घुम्न निस्केने जस्ता कार्यहरु हुन थालेपछि प्रशासनले उल्लंघन गर्नेलाई क्वारेन्टिनमा राख्ने नीति बनाएको हो ।

बिहिबार ११७ जनालाई दिनभरी क्वारेन्टिनमा राखेर सांझ जरिवाना तिराएर छाडिएको थियो भने आज बिहानै बाँके प्रहरीले १३१ जनालाई नेपालगन्जको मेहन्द्र बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टिनमा पु-याईएको छ ।

निषेधाज्ञा उल्लंघन गरेर पसल सञ्चालन गरेका, अटोरिक्सा र मोटरसाइकल चलाएका तथा मास्क नलगाएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिन पठाउने गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना आफै फिल्डमा खटिएर न्यूरोड, घरबारीटोल लगायत ठाउँमा अत्यावश्यक बाहेकका पसल सञ्चालन गरेका, बजारमा अटोरिक्सा र मोटरसाइकल चलाएका, मास्क नलगाएका एक सय १७ जना र एक सय १४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गराएका थिए ।

संक्रामक ऐन बमोजिम जरिवना गरेर प्रहरीले उनीहरुबाट २३ हजार एक सय रुपैया राजश्व संकलन भएको थियो ।

शुक्रबार पनि प्रहरीले बिहानै देखि निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नियन्त्रण गर्ने तयारीमा जुटेको छ । प्रहरीका अनुसार आज पनि नियन्त्रणमा लिईएका ब्यक्तिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिने छ भने अटोरिक्सालाई गणेशमानचोकस्थित निशुल्क लागु औषध परामर्श केन्द्रमा राखिने छ ।

निषेधाज्ञा लगातार उल्लंघन गर्ने कार्य जारी रहे ऐन बमोजिम १४ दिन क्वारेन्टिन वा कैद समेत गर्न सकिने प्रशासनले चेतावनी दिएको छ । बाँकेका प्रजिअ कुरुम्वाङले लगातार उल्लंघन हुँदै गए १४ दिन क्वारेन्टिन राख्न सकिने बताए ।

समुदायमाकोरोना फैलिए पछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ५८ बजे

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज