५ पुस २०८२, शनिबार | December 20, 2025

निषेधाज्ञा तोड्दै हुनुहुन्छ ? दिनभरी क्वारेन्टिन बस्न तयार हुनुहोस् !



नेपालगञ्ज । बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई केहिबेर क्वारेन्टिनमा राख्ने र जरिवाना गरी छाड्ने रणनीति तय गरेको छ ।

निषेधाज्ञालाई अटेर गरि पसल खोल्ने, रिक्सा चलाउने, घुम्न निस्केने जस्ता कार्यहरु हुन थालेपछि प्रशासनले उल्लंघन गर्नेलाई क्वारेन्टिनमा राख्ने नीति बनाएको हो ।

बिहिबार ११७ जनालाई दिनभरी क्वारेन्टिनमा राखेर सांझ जरिवाना तिराएर छाडिएको थियो भने आज बिहानै बाँके प्रहरीले १३१ जनालाई नेपालगन्जको मेहन्द्र बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टिनमा पु-याईएको छ ।

निषेधाज्ञा उल्लंघन गरेर पसल सञ्चालन गरेका, अटोरिक्सा र मोटरसाइकल चलाएका तथा मास्क नलगाएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिन पठाउने गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना आफै फिल्डमा खटिएर न्यूरोड, घरबारीटोल लगायत ठाउँमा अत्यावश्यक बाहेकका पसल सञ्चालन गरेका, बजारमा अटोरिक्सा र मोटरसाइकल चलाएका, मास्क नलगाएका एक सय १७ जना र एक सय १४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गराएका थिए ।

संक्रामक ऐन बमोजिम जरिवना गरेर प्रहरीले उनीहरुबाट २३ हजार एक सय रुपैया राजश्व संकलन भएको थियो ।

शुक्रबार पनि प्रहरीले बिहानै देखि निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नियन्त्रण गर्ने तयारीमा जुटेको छ । प्रहरीका अनुसार आज पनि नियन्त्रणमा लिईएका ब्यक्तिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिने छ भने अटोरिक्सालाई गणेशमानचोकस्थित निशुल्क लागु औषध परामर्श केन्द्रमा राखिने छ ।

निषेधाज्ञा लगातार उल्लंघन गर्ने कार्य जारी रहे ऐन बमोजिम १४ दिन क्वारेन्टिन वा कैद समेत गर्न सकिने प्रशासनले चेतावनी दिएको छ । बाँकेका प्रजिअ कुरुम्वाङले लगातार उल्लंघन हुँदै गए १४ दिन क्वारेन्टिन राख्न सकिने बताए ।

समुदायमाकोरोना फैलिए पछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ५८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने