२४ श्रावण २०८३, आइतबार | August 9, 2026

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा



काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ ।

अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिए । यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बोर्ड सदस्य अर्यालले बताए ।

हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि हुनसक्ने र परीक्षार्थीलाई त्रुटि सच्याउन काठमाण्डौ आउन समस्या हुने देखिएकाले पनि केही ढिला भएको उहाँको भनाइ छ । ‘विगतमा जस्तो नतिजाको चासो र हतारो छैन, यसपाली फरक तरिकाले मुल्याङ्कन भएकाले विद्यार्थीलाई पूर्व आँकलन समेत छ’ उनले भने, ‘प्रमाणीकरण गर्ने काम मात्रै बाँकी हो ।’

यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्नेछ ।

माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ ।

यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : ४१ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका