६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा अव ११ बजेबाट ७ बजेसम्म मात्र पसल खोल्न पाईने, बेलहिया बाहेकका सबै नाका सिल



बुटवल । कोरोना संक्रमितहरुको संख्या देशैभरी बढ्दै गएपछि रुपन्देही प्रशासनले सर्टडाउनको मोडेल अगाडी सारेको छ । जिल्लामा संक्रमण फैलिन नदिन रुपन्देहीमा स्थानीय प्रशासनले सिमानाकामा कडाई गर्नुका साथै ब्यापार ब्यवसायलाई पनि समय सिमा निर्धारण गरेको छ ।

लकडाउनको अन्त्यसँगै पुरा समय ब्यापार व्यवसाय खुल्ला गरिएको रुपन्देहीमा बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न दिने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले पूर्व भएका निर्णयहरुको समीक्षा गर्दै रुपन्देही जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लाका विभिन्न पालिकामा संक्रमण पुष्टि भएको पाईएको भन्दै प्रत्येक पालिकामा एक क्वारेन्टाइन व्यवस्था गर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ ।

बैठकले साप्ताहिक रुपमा लाग्ने हाटबजार सञ्चालन प्रतिबन्ध लगाउनुका साथै नेपाल भारत सिमाको बेलहिया नाका बाहेक अन्य नाकाबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गर्ने समेत निर्णय गरेको छ ।

बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर तथा सार्वजानिक कार्यक्रमहरु गर्न नपाईने गरि निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ११ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा