४ पुस २०८२, शुक्रबार | December 20, 2025

बेइजिङका आलोचक हङकङका मिडिया टाइकुन जिमी लाइ दुई छोरासहित पक्राउ, देशद्रोहको आरोप



हङकङका मिडिया टाइकुन जिमी लाइ पक्राउ परेका छन् ।

बेइजिङको कुट आलोचक रहेका जिमी लाइलाई हङकङ प्रहरीले सोमबार बिहानै उनकै निवासबाट पक्राउ गरेको छ ।

ट्याब्लोइड पत्रिका एप्पल डेल्लीका प्रमुख रहेका जिमीसँगै उनका दुई छोरा र पत्रिकाका दुई वरिष्ठ अधिकारीसमेत गिरफ्तारीमा परेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

जिमीका एक छोराले राष्ट्रिय सुरक्षामाथि खतरा निम्त्याउन विदेशी एवं बाहिरी शक्तिसँग षड्यन्त्र गरेको अभियोगमा लगाइएको छ र अर्का छोरालाई ठगी गरेको अभियोग लगाइएको स्रोतलाई उदृध गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत जिमीलाई पक्राउ गरेसँगै हङकङ प्रहरीले एप्पल डेल्लीको कार्यालयमा समेत छापा मारेको छ ।

मिडिया टाइकुन जिमीले गतवर्ष भएको सरकार विरोधी हिंसात्मक प्रदर्शनमा मुख्य भूमिका खेलका थिए । यसँगै उनले हङकङमाथि हस्तक्षेप गर्न अमेरिकालाई समेत आग्रह गरेको हङकङका अधिकारीहरुले आरोप लगाएका छन् ।

जिमीमाथि विदेशीसँग मिलेर मुलुकलाई धोखा दिएको, देशद्रोहको षड्यन्त्र गरेको आरोप लगारेको गरेको आरोप लागेको अर्को सूत्रलाई उदृध पोष्टले उल्लेख गरेको छ ।

एप्पल डेल्लीको कार्यालयमा छापा मार्न करिब २०० प्रहरी परिचालन गरिएको थियो । तर, सम्पादकीय विभाग र डेल्लीका कुनै पनि सम्वाददाताहरुमाथि भने हस्तक्षेप गरिएको छैन ।

गिरफ्तार भएका अन्य व्यक्तिहरुमा डेल्लीका सीईओ चेउङ किमहङ, वित्तीय अधिकारी चाउ टाटशुएन रहेका छन् । चाउलाई पनि देशविरुद्ध विदेशीसँग मिलेमतो गरेको अभियोग लगाइएको छ ।

हङकङमा गतवर्ष चीनमा सुपर्दगी कानुनको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनलाई अमेरिका लगायतका पश्चिमा देशहरुले प्रत्यक्ष सहयोग गरेका थिए ।

अमेरिकाले प्रदर्शनकारीलाई सबैप्रकारको सहयोग गरेको भन्दै चीनले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।

गत मेमा बसेको चिनिया पिपुल्स जनकंग्रेसले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्ने निर्णय गरेको थयो । सो कानुन जुलाई १ देखि लागु भैसकेको छ । त्यसँगै मुख्यभूमि चीन विरुद्धका भैरहेका गतिविधिमाथि कडाई हुँदै आएको छ ।

राष्ट्रिय सुरक्षा कानुन लगाएसँगै अमेरिकाले हङकङलाई दिँदै आएको विशेष सुविधा खारेज गरेको छ भने हङकङका कैयौं अधिकारीहरुमाथि अमेरिकामा प्रतिबन्ध लगाएको छ । हङकङकै विषयलाई लिएर चीन र अमेरिकाबीच तनाबपूर्ण अवस्था निम्तिएको छ ।

चीनले आफ्नो मुलुकमाथि हुने कुनै पनि विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दै त्यसलाई रोक्न जस्तोसुकै उपाय अपनाईने प्रष्ट पार्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको