१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निजी ल्याबले बुटवलमा सुरु ग-यो कोरोना परीक्षण



बुटवल । बुटवलमा कोरोना भाईरस (कोभिड १९) को पिसिआर परीक्षण निजी ल्याबबाट सुरु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १२ स्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सचिवालय भवनमा नेशनल प्याथ ल्याबले आईतबारदेखि औपचारिक रुपमा परीक्षण सुरु गरेको हो ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपालका २०२०/२०२१ का डिष्ट्रिक गभर्नर शम्भु नकर्मी, फष्ट भ्वाईस डिष्ट्रक गभर्नर रामप्रसाद भट्ट, पुर्व डिजि महेन्द्र नारायण श्रेष्ठ, क्लबका पुर्वअध्यक्ष तथा डिष्ट्रिक स्टाट्रेजी चिफ योगेश घिमिरे, पुर्वअध्यक्ष गोकर्ण पाण्डे, क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्य, नेशनल प्याथ ल्याबका संचालक शरद भुषालले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

क्लबको नवनिर्मित भवन ल्याबका लागि उपयुक्त रहेकाले सहकार्य गरिएको क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यले बताए । करीब १ करोड २५ लाखमा भवन निर्माण भएको उनले बताए ।

डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले क्लबको उचाई बढाउन यो क्षेत्रको महत्वपुर्ण भुमिका रहेको दाबी गरे । डिष्ट्रकका क्लबहरुमध्ये कोभिड टेष्टको काम सबैभन्दा उत्कृष्ट काम भएको उनले बताए ।

नेशनल प्याथ ल्याबका संचालक शरद भुषालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचिकृत र जैविक सुरक्षायुक्त ल्याब भएको बताए । क्लबको भवनलाई ल्याब तयार गराउन १ करोड २५ लाख खर्च भएको उनले बताए ।

कोभिडको स्वाव परिक्षण प्रतिब्यक्ति ५ हजार ५ सय रुपैया तोकिएको उनले बताए । ल्याबको दैनिक ४ सय परिक्षण क्षमता रहेको उनले बताए । ल्याबका संचालक प्रकाश न्यौपानेले लायन्स सदस्यहरुलाई परिक्षणमा १० प्रतिशत छुट गराईने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : २७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर