२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

निजी ल्याबले बुटवलमा सुरु ग-यो कोरोना परीक्षण



बुटवल । बुटवलमा कोरोना भाईरस (कोभिड १९) को पिसिआर परीक्षण निजी ल्याबबाट सुरु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १२ स्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सचिवालय भवनमा नेशनल प्याथ ल्याबले आईतबारदेखि औपचारिक रुपमा परीक्षण सुरु गरेको हो ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपालका २०२०/२०२१ का डिष्ट्रिक गभर्नर शम्भु नकर्मी, फष्ट भ्वाईस डिष्ट्रक गभर्नर रामप्रसाद भट्ट, पुर्व डिजि महेन्द्र नारायण श्रेष्ठ, क्लबका पुर्वअध्यक्ष तथा डिष्ट्रिक स्टाट्रेजी चिफ योगेश घिमिरे, पुर्वअध्यक्ष गोकर्ण पाण्डे, क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्य, नेशनल प्याथ ल्याबका संचालक शरद भुषालले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

क्लबको नवनिर्मित भवन ल्याबका लागि उपयुक्त रहेकाले सहकार्य गरिएको क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यले बताए । करीब १ करोड २५ लाखमा भवन निर्माण भएको उनले बताए ।

डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले क्लबको उचाई बढाउन यो क्षेत्रको महत्वपुर्ण भुमिका रहेको दाबी गरे । डिष्ट्रकका क्लबहरुमध्ये कोभिड टेष्टको काम सबैभन्दा उत्कृष्ट काम भएको उनले बताए ।

नेशनल प्याथ ल्याबका संचालक शरद भुषालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचिकृत र जैविक सुरक्षायुक्त ल्याब भएको बताए । क्लबको भवनलाई ल्याब तयार गराउन १ करोड २५ लाख खर्च भएको उनले बताए ।

कोभिडको स्वाव परिक्षण प्रतिब्यक्ति ५ हजार ५ सय रुपैया तोकिएको उनले बताए । ल्याबको दैनिक ४ सय परिक्षण क्षमता रहेको उनले बताए । ल्याबका संचालक प्रकाश न्यौपानेले लायन्स सदस्यहरुलाई परिक्षणमा १० प्रतिशत छुट गराईने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : २७ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले