२० माघ २०८२, मंगलबार | February 3, 2026

दम्पतिको हत्यामा संलग्न ४ जना पक्राउ, बोक्सीको आरोपमा हत्या भएको प्रहरीको खुलासा



महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दम्पती हत्यामा संलग्न ४ जनालाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाएको छ ।

गत साउन १६ गते कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा ६८ बर्षीया बेली देवी खाती ७० बर्षीय घनश्याम खातीको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई कन्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

साउन १६ गते रातिका बेला घरमा प्रवेश गरी खाती दम्पत्तीलाई कुटपिट गरि धनमाल समेट लुटेर लगेका थिए ।

बेलीदेबीको घटनास्थलमै मृत्यु भएको थियो भने घनश्यामको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दम्पतीको हत्या भएपछि पीडित परिवारका तर्फबाट स्थानीय बर्ष ३८ को राजेश खातीले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका – ७ भगतपुर प्रकाश ऐर , सोहिस्थानका दिनेश राना, बेलौरी हात्तिबोझाका होरी राना र कृष्णपुर-२ का रबि रानालाई पक्राउ गरेको छ ।

अभियुक्त रबि रानाको घरबाट १ लाख ५० हजार नगद तथा रानाले प्रयोग गरेका मोटरसाईकल थान २ बरामद गरेको प्रहरीले जनाएको छ।


यसरी भएको थियो दम्पती हत्या

जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर बस्ने घनश्याम खाती र निजको श्रीमती बेलि देवी खातीलाई आफ्नै घर आँगनमा गत साउन १६ गते राति अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गरि घरको धनमाल समेत लुटेर लगेका थिए ।

प्रहरीले तत्काल मृतकको छोरा राजेश खाती र दिनेश रानालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भएपनि छोराहरुको संलग्नता नपाइए पश्चात निजहरूलाई छाडेको थियो ।

अनुसन्धानको क्रममा सोही स्थान बस्ने खातीका छिमेकी प्रकाश ऐरले घनश्याम खातीलाई बोक्सी आरोप लगाएको बिषयमा बिगत लामो समय देखि एक आपसमा रिसईबी रहेकाले खाती परिवारको हत्या गरिएको प्रहरीले बताएको छ ।

प्रकाश ऐरले घनश्याम खातीलाई मार्ने नियतले योजनाबद्द रुपमा जिल्ला कञ्चनपुर कृष्णपुर २ बांणि बस्ने रबि रानालाई नगद चार लाख रकम दिएको प्रहरीले जनाएको छ। उनीहरुलाई कुटपिट गर्नु अघि घरश्यामका छोरा राजेश खातीलाई दिनेश राना र होरी रानाले आफू संग लगी रक्सी सेवन गराई घरमा जान नदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घरमा घनश्याम खाती र निजको श्रीमती बेली देवि खाती मात्र भएको मौका छोपी भर्रा भन्ने रबि रानाले धारिलो हतियार प्रहार गर्दा तत्काल घनश्याम खाती गम्भिर घाईते भएको र निजको श्रीमती बेली देवि खातीको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटनास्थल लाश जाँच तथा पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान पश्चात मृतकको छोरा राजेश खातीले दिएको किटानी जाहेरीको आधारमा संलग्न ब्यक्तिहरु प्रकाश ऐर र होरी रानासमेतलाई तत्कालै पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पक्राउ गरिएका २ जनाको बयानका आधारमा रबि रानालाई समेत पक्राउ गरिएको कन्चनपुर प्रहरीका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए ।

पक्राउ गरिएकाहरुलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ११ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि