१ कार्तिक २०८३, शनिबार | October 17, 2026

अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) नजिकै गोली चल्यो



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैमाथि राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलन आकश्मिक रुपमा त्यहाँबाट गएका थिए । उनलाई गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् ।

उनको सुरक्षामा खटिएका ती एजेन्ट पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा केही बताए । ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिभएको बिबिसीले उल्लेख गरेको छ । त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

सोमबारको ब्रिफिङ्गको क्रममा भएको यो घटनापछि ट्रम्पले पत्रकारलाई प्रतिक्रिया दिँदै अवस्था अहिले नियन्त्रणमा रहेको बताएका छन् । झण्डै ९ मिनेटपछि पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

घटनापछि कसैलाई अस्पताल लगिएको उनले बताए । घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन्, ‘ह्वाइट हाउस बाहिर गोली चलेको हो । अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन ।’

गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : ५२ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ