३१ असार २०८३, बुधबार | July 16, 2026

हिलाम्मे सडक कालोपत्रे मागगर्दै बालाजु–बाईपासका बासिन्दा उत्रिए सडकमै



काठमाडौं ।हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय बासिन्दा सडकमै उत्रिएका छन् ।

बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो ।

सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।

अर्का स्थानीय विरेन्द्र बहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताए । केही घर टहराहरुका कारण समस्या देखिएको उनले बताए ।

एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ति टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या भएपनि आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि समस्या उस्तै रहेको जिकिर गरे ।

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वषौदेखि सास्ती व्यहोर्दै आएका छन् ।

आफुहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ । सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ ।

ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ४६ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही