१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रत्येक घण्टामा १४ जना कोरोना संक्रमित थपिँदै



काठमाण्डौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी-पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, गत आइतबार ८ हजार ५ सय १५, सोमबार ८ हजार ४ सय ३२, मंगलबार १० हजार ४ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५४ पुगेको छ । काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ संक्रमित पुष्टि भएका छन् ।

यस्तै, बुधबार देशभर ४ सय ८४ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । यस्तै, ६४ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ६ : ५९ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता