४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेका ३० संक्रमित निको भएर घर फर्किए



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर बाँकेमा बिहीबार ३० जना व्यक्ति डिस्चार्ज भएका छन् ।

संक्रमणपछि बाँकेका विभिन्न आईशोलेशन सेन्टरमा रहेका उनीहरु आज घर फर्केका हुन् ।

खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आईसोलेशन अस्पतालबाट ४ जना, लायन्स डेन्टल अस्पताल खजुरारोड आईसोलेशन सेन्टरबाट १३ जना व्यक्ति घर फर्किएको जिल्ला कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

यसैगरी आन्तरिक राजस्व कार्यालय आईशोलेशन सेन्टरबाट ११ जना र आदर्शनगर आईशोलेशन सेन्टरबाट २ जना गरी ३० जनाले कोरोना जितेर घर फर्केको छन् ।

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । जसमध्ये हालसम्म ४ सय ३५ जना डिस्चार्ज भैसकेका छन् ।

बाँकी २ सय २९ जना सक्रिय संक्रमितहरु अझै पनि विभिन्न आईशोलेशन सेन्टरमा रहेको कोराना फोकलपर्शन श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये दुई महिला र १ पुरुष गरी तीन जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ४ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको