७ आश्विन २०८३, बुधबार | September 23, 2026

हातपात गर्नेमाथि कारवाही नगरिए सामुहिक राजीनामा दिने कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी



कपिलवस्तु । गत साउन २४ गते चियाले पाेलेर गम्भीर घाईते भै कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपात गर्नेमाथि यशाशीघ्र कारबाही नगरिए सामुहिक राजीनामा दिने घोषणा गरेका छन् ।

कपिलवस्तु नगरपालिका– ८ मैनीहवाकी एक वर्षीया बालिका सोफया मुसलमानको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनालाई गंभीरताका साथ नलिइए र कानुनी दायरामा नल्याईए आफुहरूले सामुहिक राजीनामा दिने उनीहरूले बिज्ञप्तीमार्फत चेतावनी दिएका हुन् ।

साथै आफुहरुको मागप्रति नैतिक समर्थन गरी दिन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीमा आव्हान पनि गरेका छन् ।

बालिकाको मृत्यु भएपछि आक्रोशित बालिकाका बुवा गुलाम मुसलानले आकस्मिक कक्षमा बालिकाको उपाचार गरिरहेका स्वास्थ्यकर्मीलाई गाली गलौच, अस्पतालमा रहेका सामाग्री तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरको अस्पतालका स्वास्थ्यकर्मी बताउछन् ।

कपिलवस्तु अस्पतालमा कार्यरत चिकित्सकहरुले बिज्ञप्ती जारी गर्दै घटना भएको पाँच दिनसम्म पनि कुनै कारवाही प्रकृया अघि नबढाएकाले आफुहरुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।

बालिकाको मृत्यु प्रति दुःख व्यक्त गर्दै उनीहरुले उपचारमा हर सम्भव प्रयास गरिए पनि सामाजिक संजाल र संचार माध्यममा उपचारमा लापरबाही गरिएको भन्ने कुरा प्रति भत्सर्ना गरिएको छ ।

घटनाका विषयमा आफुहरुले प्रजिअ दीर्घनारायण पौडेल, छानविन समितिका संयोजक गणेश नेपालीलाई समते अवगत गराए पनि हालसम्म कुनै सुनुवाई नभएकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन ।

पाँच दिनसम्म दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याउदा आफुहरु दुखित र निरुत्साहित भएको बताएका छन् ।

दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुले अतिआवश्यक बाहेक अन्य सबै सेवा ठप्प पारेका छन् ।

साथै उनीहरुले घटनाका सत्य तथ्य बुझन सिसिटिभीको फुटेज समेत हेर्न सकिने बताएका छन् ।

उता मृत्युपछि सो घटनाका विषयमा प्रशासन कार्यालयले सहायक प्रजिअ गणेश नेपालीको संयोजकत्वमा गठन गरेकोे समितिले प्रतिवेदनपछि मात्र घटनाका विषयमा आवश्यक कदम चाल्ने बताएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज