७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमित बढेपछि भरतपुर महानगर क्षेत्रमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा घोषणा



चितवन । कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि भरतपुर महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा लाग्ने भएको छ ।

शुक्रबार भरतपुर महानगरपालिकामा भएको छलफलपछि शुक्रबार राति १२ बजेदेखि महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

छलफलमा नगरप्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुबीच सहभागी भएका थिए ।
तत्कालका लागि एक सातासम्मको निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा संचालनमा रोक लगाइने भएको छ ।

अध्यावश्यक सेवा प्रयोगकर्ताले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायातमा पुरै रोक लगाइएने छ । यस्तै, उद्योगधन्दा तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गर्दै कारखानाभित्रै बसोबास गर्ने मजदुर कर्मचारीले मात्र काम गर्न अनुमति दिइने भएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने सीडीओ भट्टराईले बताए ।

चितवनमा सबैभन्दा बढी कोरोना संक्रमित भरतपुर महानगरपालिका भित्रै भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । बिहीबार साँझ मात्रै भरतपुरमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११