१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भदौ १५ गतेसम्म काठमाडौंमा निषेधाज्ञा, आदेश विपरित कार्य गरे कडा कारवाही हुने



काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं भर केही निश्चित क्षेत्रमा निषेधाज्ञा घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नराम्रोसँग प्रभावित बनेको काठमाडौंमा आजै शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म मानिसहरुलाई खुल्लास्थानमा भेला हुन, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न रोक लगाएको छ ।

एस्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम प्रशासनले निषेध गरेका क्रियाकलाप गर्न रोक लगाइएको छ ।

काठमाडौं उपत्यका तीन वटै जिल्लाका प्रमुख जिल्लाा अधिकारीहरुले शुक्रबार साँझ अलग अलग विज्ञप्ति जारी गर्दै गर्दै आदेश विपरितका गतिविधि भएमा ऐन बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओदश अनुसार परिवार बोलाएर सांस्कृति गतिविधि पनि गर्न नपाइने भएको भने धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिमा रोक लगाइएको छ ।

यस्तै, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि १५ गतेसम्म रोक लगाइएको छ ।

टेक अवेबाहेकको अवस्थामा रेष्टुरेन्ट संचालन गर्न रोक लगाइएको छ । यस्तै, कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा÷साइकल सञ्चालन हुने व्यवसायलाई पनि रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ११९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ४७ बजे

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स