७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त



सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।

आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई कर्णालीको पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ भने बुधबार हुनेछ ।

उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट मात्रै आवश्यक पर्ने भए पनि थप ४ सदस्यसहित उनले कर्णाली प्रदेशमा बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त हुने अवसर पाएका हुन ।

शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ४५ बजे

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज