१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

स्थानीय तह धमाधम लकडाउन गर्दै, बाँकेको कोहलपुरमा आईतबारबाट लकडाउन



नेपालगन्ज । संघीय सरकारले स्थानीय तहलाई लकडाउन सम्मको निर्णय गर्न सक्ने निर्णय गरेसँगै स्थानीयतहबाट धामधम कलडाउनको घोषणा हुन थालेका छन् ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल उपमहानगरले पूर्ण लकडाउनको निर्णय गरेपछि प्रदेशका अन्य पालिकाहरुले पनि कतै पूर्ण त कतै आंशिक लकडाउनको घोषणा गरिरहेका छन् । रुपन्देहीको सिद्धार्थनगरले लकडाउन घोषणा गरेको भोलिपल्ट बाँकेको कोहलपुर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुरका सम्पुर्ण सेवाहरु बन्द गरिने भएको हो ।

कोहलपुर नगरपालिकाले शनिबार एक सुचना जारी गदै साउन ३२ गतेदेखी भाद्र ५ गते मध्य रातीसम्म सम्पुर्ण सेवा बन्द गर्ने जनाएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले नगरपालिका कार्यालय, नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, अन्य ब्यापार ब्यवसाय, उद्योग कलकारखाना तथा हाटबजार आगामी भाद्र ५ गतेसम्मकालागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस अवधिमा राजमार्गमा चल्ने सवारी साधन बाहेक राजपत्रमा तोकिएको अत्यावश्यक सेवा बाहेकका सवारी साधन तथा गतिबिधि संचालन गर्न नपाउने गरि निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

यसअघि कोरोनाको संक्रमणको दर उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो । १३ दिन लामो निषेधाज्ञा शनिबारदेखी हटाए लगत्तै कोहलपुर नगरपालिकाले नगर क्षेत्र आफै लकडाउनको घोषणा गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ३ : ५८ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै