३२ असार २०८३, बिहिबार | July 16, 2026

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज अठराह २६ सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

मृतकको शव अहिले पनि नारायणी अस्पतालमै रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ३७ बजे

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम