७ आश्विन २०८३, बुधबार | September 23, 2026

शिवनाथको अध्यक्षतामा लायन्स क्लव अफ ग्रीन सिटी



भैरहवा । लायन्स क्लव अफ सिद्धार्थनगरको स्पोन्सरमा लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीको एक कार्यक्रमका बिच ब्यानर उद्घाटन भएको छ ।
शिवनाथ गुप्ताको अध्यक्षतामा ५३ सदस्यहरु रहेको लायन्स क्लव अफ भैरहवा ग्रीन सिटी क्लव गठन भएको हो ।

नव गठित लायन्स क्लव अफ भैरहवा ग्रीन सिटीमा शिवनाथ गुप्ताको अध्यक्षतामा प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरी, द्धित्तिय उपाध्यक्ष नरेश केसी, तृतीय उपाध्यक्ष मनोज क्षेत्री सचिव भिम बहादुर थापा, सहसचिवमा रोशन शर्मा, कोषाध्यक्षमा बिनोद यादव र सहकोषाध्यक्षमा कपिल चापागाई गरि ५३ सदस्य रहेको अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए ।

शिवनाथ गुप्ताले आफ्नो कार्यकालमा समाजसेवा गरेर देखाउनपर्ने बताए । हामी समाजमा केही नयाँ काम गरेर देखाउने हेतुले क्लव गठन गरेका हौँ लायन्सको सिद्धान्तलाई सर्वोपरि ठानेर समाजसेवामा पूर्णरुपमा लाग्ने छौँ गुप्ताले भने । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रमोद यादवले ब्यानर उद्घाटन गरि क्लव औपचारीकरुपमा घोषणा भएको हो । प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्र्दै सांसद प्रमोद यादवले लायन्स क्लवहरुले समाजमा उल्लेखनीय काम गरि समाजसेवामा लागेको बताए ।

३२५ बि टुका डिस्ट्र«ीक स्ट्रेटजिक चिफ नवराज न्यौपानेले लायन्स क्लवको ५० औँ वर्ष मनाइरहेको बताए । न्यौपानेले लायन्स सेवा गर्ने संस्था भएको हुँदा सेवा गर्ने हातहरु थप भएको बताए । लायन्स क्लव अफ सिद्धार्थनगरको स्पोन्सरमा गठन भएको क्लवको कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र आचार्यको अध्यक्षतामा र ३२५ बि टुका डिस्ट्रीक इभ्यालुएसन कमिटी हेड बिनोद खरेलको सञ्चालनमा भएको कार्यक्रममा ३२५ बि टुका डिस्ट्र«ीक स्ट्रेटजिक चिफ महेशचन्द्र थापाले हामी सेवा गछौँ भन्ने सिद्धान्त बोकेको लायन्स क्लव सदैव समाजसेवामा अग्रसर भएर लाग्ने बताए ।

लायन्स क्लव अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष जोन चेयर पर्सन विजय पाण्डेले लायन्स क्लवमा प्रबेश गरिसकेपछि म केही दिन सक्छु भन्ने हेतुले लाग्नुपर्ने बताए । पाण्डेले लिनको लागि होइन दिनका लागि लायन्स क्लवले समाजमा काम गर्ने बताए ।

३२५ बि टुका एरिया टे«जर गौतम गुप्ताको ध्वजा अभिवादन र लायन्स क्लव अफ सिद्धार्थनगरका कोषाध्यक्ष धर्मराज आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
एरिया को चिफ धिरज कुमार मल्लीक लगायतको आतिथ्यता रहेको कार्यक्रममा क्लवले स्थापनाको दिनमा नै ब्लड क्यान्सर भई भारतको राजिव गान्धी अस्पतालमा उपचार गराइरहेका मनोज गिरीलाई ५१ हजार रकम सहयोग गरेको कार्यक्रम संयोजक कमल रायमाझीले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई