७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रदेश ५ प्रहरी प्रमुख र मातहतका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता सम्पन्न



दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मन्त्रीहरुलाई र सचिवहरुलाई लिखित कार्य सम्पादन सम्झौता गरेकै शैलीमा नेपाल प्रहरीले आफ्नो मातहतका निकायसँग लिखितरुपमा कार्यसम्पादनको सम्झौता गर्ने अभियान थालेको छ ।

प्रहरी महानिरिक्षक शैलेश थापाले गत साउन २५ गते ७ वटै प्रदेश प्रहरी प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए भने आईतबार प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक रबिन्द्र सिंह धानुकले प्रदेश ५ का सबै प्रहरी प्रमुखहरुलाई प्रदेश ५ प्रहरी कार्यालय दाङमा बोलाएर कार्यसम्पादन सम्झौता गराएका छन् ।

प्रदेश नं. ५ अन्तर्गत जिल्लाका प्रहरी प्रमुखहरु तथा र ५ नं. प्रदेश प्रहरी प्रमुख बिच आईतबार कार्यसम्पादन सम्झौता भएको छ । प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुबिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्य सम्पादन सम्झौतापछि प्रदेश भरीका मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिंदै ५ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धानुकले सम्झौतामा उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी ढंगले अगाडी बढ्न निर्देशन दिए । सम्झौतामा उल्लेखीत लक्ष्य प्राप्तीकालागि स्पष्ट कार्य योजनाका साथ सम्पूर्ण प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न प्रहरी नायब महानिरीक्षक धानुकले निर्देशन दिएका थिए ।

कार्य सम्भपादन सम्झौतामा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रित प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न डीआइजी धानुकले निर्देशन दिए । उनले कोभिड-१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनका लागि समेत मातहतका प्रहरी अधिकृतहरूलाई सल्लाह दिएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १४ बजे

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज