८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना संक्रमित काभ्रेका एक वृद्धको धुलिखेल अस्पतालमा मृत्यु



धुलिखेल । कोरोना भाइरसको संक्रमणबाट काभ्रेपलाञ्चोक जिल्ला पनि अछुतो छैन । जिल्लामा भाइरसका संक्रमित ८० जना पुगेको छ । दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणबाट काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ७ का ९८ वर्षीय वृद्धको मृत्यु भएको छ ।

साउन २७ गते संक्रमण पुष्टि भएका ती वृद्धको उपचारको क्रममा धुलिखेल अस्पतालमा मंगलबार बिहान १ बजे मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

स्वास्वप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

मृतकको शवलाई कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापना गरिने भएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा उनको शवको अन्तेष्टि हुने बताइएको छ ।

यससँगै काभ्रेमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि पाँचखाल नगरपालिकाकी ५० वर्षीया एक महिलाको उपचारकै क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ९ : ११ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन