१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

अछामको कैलाश खोलाको बाढीमा ज्यान गुमाउनेमध्ये तीन जनाको शव अझै सनाखत भएन



अछाम । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन ।

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो ।

मृतक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको थियो भने बाँकी ११ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।

उनले भने, “हामीले सेनाको हेलिकप्टरको प्रयोग गरेर बुधबार रातीसम्म बेपत्ता भएका हरुको खोजी गर्दापनि फेला पार्न सकेनौँ, अहिले बिहानैदेखि खोजी उद्दार टोली खटिएको छ ।”

बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका लागि आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उक्त खोलाले बगाएर बेपत्ता भएका १७ जना स्थानीयबासीको नाम भने खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उक्त खोलाको बाढीमा परि बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ का ४७ वर्षीय नन्दु साउद, ४५ वर्षीया गङ्गा साउद रहेका छन् ।

यसैगरी, १७ वर्षीय रुपेश साउद, छ वर्षीया प्राकृति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीया पवित्रादेबी शाह, चार वर्षीय समिर शाह, ३५ वर्षीया सम्झना शाह, ४५ वर्षीय बासु साउद, ४५ वर्षीया लालसरा शाही र आठ वर्षीया बसन्ती शाही रहेका छन् ।

बेपत्तामध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीले बगाएर मृत्यु भएका छ जनामध्ये रामारोसन गाउँपालिका–५ का १५ वर्षीय नबिन साउद, ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउदको शव सनाखत भएको प्रहरीले जनाएको छ ।

कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौपायासहित १७ जना बगाएको थियो ।

पानीको वहाव उच्च रहेका कारण शवको खोजी कार्य गर्नमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ४ : ५३ बजे

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल