४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको देवदहमा कोरोनाको कारण एक जनाको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

जिल्लाको देवदह नगरपालिकाका एक व्यक्तिको बुधवार कोरोना पोजेटिभ नतिजा आएको र बिहीवार मृत्यु भएको देवदह नगरपालीकाका प्रमुख हिरा केसीले बताए ।

नगरपालीकाको वडा ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिवार पुन : व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलवार स्वाब परिक्षणका लागि पठाईएको र बुधवार रिपोर्ट पोजेटिभ आएको प्रमुख केसीले जनाए ।

मृत्यु भएका व्यक्ति लामो समय देखि पक्षघात, सुगर, प्रेसरको बिरामी रहेका थिए । पहिले भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याईएका बिरामीलाई पिडा बढी भएपछि देवदह मेडिकल कलेजको आईसियूमा राखिएकोमा उनको मृत्यु भएको नगर प्रमुख केसीले बताए ।
रुपन्देहीमा आज भएको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ भने मेडिकल कलेज र मृतकका परिवारलाई सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको छ । उनीहरुको स्वाब संकलनको काम जारी रहेको केसीले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको