१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

शुक्रबार थपिए ८३८ जना संक्रमित, संक्रमितको संख्या ३० हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको रफ्तार निरन्तर उकालोलाग्दो क्रममा छ ।
शुक्रबारसम्म भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार पुगिसकेको छ ।

शुक्रबार मात्रै कोरोना भाइरसका ८३८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह  आयोजना गर्ने नियमित कोरोना अपडेट प्रेस ब्रिफिङमार्फत ८३८ जना संक्रमित थपिएको जनाएको हो ।

१३ हजार ५९९ वटा नमुना पीसीआर परीक्षणमा ८३८ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा १४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १४२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना संक्रमित थपिएको गौतमले जानकारी दिए ।

देशभर १३३ जना आईसीयूमा र १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भएर २५० जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

देशभरका क्वारेन्टिनमा १२ हजार २३४ जना रहेको पनि प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : २५ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध