१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दुईवर्ष भन्दा कम समयमै कोरोना महामारी हराउने विश्व स्वास्थ्य संगठनको विश्वास



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमा हराउने आशा गरेको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी छिटो नियन्त्रणमा आउने सम्भावना रहेको बताएका हुन् ।

डा. टेड्रोसका अनुसार भूमण्डलीकरण र विश्वभरका मानिस एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा छिटो फैलिएको हो।

तर उन्नत प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा छिट्टै नियन्त्रणमा हुने विश्वास उनले व्यक्त गरेका हुन् ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म स्पेनिस फ्लुको आतंक रहेको थियो। सो फ्लुले श्विका २ करोड मानिसको ज्यान लिएको थियो।

हाल, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाखको नजिक पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयले अपडेट गर्ने कोरोना तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभर मृत्यु हुनेको स)ख्या सात लाख ९७ हजार पुगेको छ ।

कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख भन्दा बढी पुगिसकेको छ ।

अमरीका सबैभन्दा धेरै प्रभावित हुने देश बनेको छ । जहाँ कोरोना संक्रमितको संख्या ५६ लाखा हजार पुगेको छ भने मृतकको संख्या १ लाख ७५ हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३५ लाख ३२ पुगेको छ । मृतकको संख्या १ लाख १३ हजार कटिसकेको छ ।

छिमेकी भारतमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेको छ । भारतमा हालसम्म २९ लाखा बढी संक्रमित भैसकेका छन् भने ५५ हजार बढीको मृत्यु भएको छ ।

नेपालसँग जोडिएका उत्तरप्रदेश र बिहारमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : ५३ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना