१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वीरगन्जमा अर्का एक संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीका एक पुरुषको शनिबार बिहान ७स्१० बजे वीरगन्जमा मृत्यु भएको हो ।

मुटु, उच्च रक्तचाप र दम रोगबाट ग्रसित ६१ वर्षीय ती पुरुषको नारायणी अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो ।

उनको भदौ ३ गते स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।

त्यतिबेलासम्म उनको स्वास्थ्य अवस्था जटिल भैसकेको थियो । त्यसअघि उनी अर्थो ट्रमा सेन्टरमा उपचार गरिरहेका थिए ।

यसअघि शुक्रबार राति ८ बजे वीरगन्जकै एक पुरुषको मृत्यु भएको थियो ।

यससँगै पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । जसमध्ये पर्साका मात्रै २७ जना रहेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ९ : २७ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा