६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

२४ घण्टामा ६ वर्षीय बालकसहित ९ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेट कार्यक्रममा दिएको जानकारी अनुसार १४६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा एक ६ वर्षीय बालकसहित ९ जनाको निधन भएको छ । ६ वर्षीय बालक सुनसरीका भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

सुनसरीमै अर्का एक जना ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी पर्सामा ३ जना पुरुषको मृत्यु भएको छ । ६१, ५८ र ४८ वर्षका पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै, बारामा ५८ वर्षीय एक जना पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक बाहेक शनिबार अपरान्हसम्म थप मृत्यु भएको समाचारहरु सार्वजनिक भैरहेका छन् । तर, मन्त्रालयले त्यसलाई अपडेट गरेको भने छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ३६ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र